दुई नेपालीलाई १५ हजार कतारी रियाल पुरस्कार

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

एक दशकदेखि कतारमा इमान्दारिपूर्वक काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारमा रहेको नासर अल अली इन्टरप्राइजेस कम्पनीले कम्पनीमा रहेर इमान्दारिपूर्वक काम गरेको भन्दै पश्चिम नेपालका नुनबहादुर दर्जी र धनुषाका रामशंकर दास बनोधियालाई नगद प्रदान गरेको हो । उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् रकम प्रदान गरेका थिए ।

पुरस्कार पाउने दर्जी नासर अल अली इन्टरप्राइजेस कम्पनीमा कन्स्ट्रक्सनमा काम गर्न नेपालबाट २००९ मा गएका थिए । उनले पछि राम्रो काम गर्दै गएपछि ट्रेडवर्कर भए । हाल कार्पेन्टर मेसनरीदेखि सबै काममा पोख्त उनी पोख्त छन् । दर्जीले पुरस्कारवापत् पाएको रकम छोराछोरीको शिक्षाका लागि उपयोग गर्ने बताए ।

रामशंकले कम्पनीमा १२ वर्ष बिताइसकेका छन । पुरस्कार पाउँदा उनी पनि खुशी छन् । उनले वैदेशिक रोजगारीबाट कमाएको पैसाले परिवारको आबश्यकता पूरा गर्नुका साथै शिक्षामा समेत खर्च गरेको जानकारी दिए । पुरस्कारबापत् पैसा छोरीको पढाइमा खर्च गर्ने उनले बताए । पुरस्कार पाउने दुवैले कम्पनीका मालिकले अप्ठेरो पर्दा सहयोग पनि गर्ने गरेको बताए ।

कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत् कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।