सुन पसल चोरी गर्ने गिरोह पक्राउ

0
Shares

न्युुज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीको गैडाकोट स्थित मोनिका सुन चांदी पसलमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दोलखा मेलुड.ग घर भई ललितपुर जिल्ला महालक्ष्मी ५ टिकाथली बस्ने वर्ष २४ को अनुज लामा रहेकाछन् ।

भक्तपुर जिल्ला सूर्य विनायक ८ वस्ने वर्ष २८ को तीर्थ बहादुर रुम्बा र भक्तपुर सिपाडोल वस्ने वर्ष ४० को जित बहादुर तामाड.गलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले सुनका विभिन्न गरगहना १२ तोला ५ प्वाईन्ट, वारदातमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोवाईल बरामद गरेको छ ।

बरामद अन्य सामाग्रीमा फोडेको अवस्थाको १ थान सेफ लकर, ठेला गाडा थान १ र प्रदेश ३, ०२, ०१४ प ७७७५ नम्वरको स्कुटर सहित सेफ फोड्न प्रयोग भएका गल, घन, छिनो लगायतका सामान रहेको छ ।

गत फागुन १८ गते मध्यरात गैडाकोटको कांग्रेस चोकका ब्यवसायी उमेश गहतराजको सुनचांदी पसलबाट ६९ तोला ५ लाल सुन तथा सेफ लकर चोरी भएको जाहेरी प्रहरीमा परेको थियो ।

सुनचांदी पसलबाट चोरी भएको भनिएको सुन तथा १ किलो चांदीका तयारी गहना र नगद ७ लाख रुपैयां समेत रहेको सेफ लकरका सम्वन्धमा प्रहरीले अनुसन्धान अगाडी वढाएको थियो ।

घटनाका सम्वन्धमा जिप्रका नलपरासी पूर्व, ईप्रका गैडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको टोलीले खोजी कार्य सुरु गरेको थियो ।

प्रहरी टोलीे उपलब्ध प्रविधिको प्रयोग गरी घटना स्थल अनुसन्धानको क्रममा देखिएका शंकास्पद मोवाईल नम्बर र जनशक्तिको माध्ययमबाट चोरी कार्यमा संलग्न ब्यक्तिहरु सम्म पुग्न सफल भएको थियो ।

प्रहरीले चोरी कार्यमा संलग्न ब्यक्तिहरुलाई दसीप्रमाण सहित पक्राउ गरी चोरी मुद्दामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

साथै यस घटनामा संलग्न देखिएका अन्य ब्यक्तिहरुको पनि खोज तलास कार्य भई रहेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खांणले बताउनु भयो ।