बेपत्ता बालिकाको शव अर्धनग्न अवस्थामा भेटियो

0
Shares

न्युज अप नेपाल, जनकपुरधाम ।

बुधबार दिउँसो भैंसी चराउन निस्केको बेला बेपत्ता भएकी बालिकाको शव भेटिएको छ ।

१० वर्षीय कञ्चनकुमारी पजियारको जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा शुक्रबार बिहान शव भेटिएको हो । बालिकाको शव अर्धनग्न अवस्थामा दुधमती नदी नजिकै फेला परेको प्रहरीले जनाएको छ । धान रोप्न गएका मानिसहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिहिबार भेँसी चराउन घरबाट निस्केकी बालिका साँझसम्म घर नर्फिएपछि खोजतलास सुरु गरिएको थियो ।

शवको स्थिती हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरलिे जनाएको छ ।