सँगै पिकनिक खान गएका साथीको हत्या आरोपमा दुई जना पूर्पक्षको लागि जेल चलान

0
Shares

भूूपराज बस्याल,स्याङ्जा । 

आफ्नै साथीको हत्याको आरोप लागेका दुई जनालाई जिल्ला अदालत स्याङजाले पूर्पक्षका लागि जेल जलान गरेको छ । गल्याङ नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय पदम प्रसाद पाण्डेयको हत्याको आरोप लागेको स्थानीय चन्द्र कान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेलचलान भएका हुन् ।

गत जेठ २१ गते साथीहरु सँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरिक्षक निरन्जन घिमिरे नेतृत्वको टोली अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको थियो ।

मृतक पाण्डेकी श्रीमतीले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिईन । गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमापाण्डे मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।