आज ४८२ जना कोरोना संक्रमित थपिए,कूल संक्रमितको संख्या १४ हजार नाघ्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ४ हजार ६ सय ५६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

आज अछामका १ जनाको कोरोना र्सक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।