गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहुँमा एक जना गरी कूल २८ नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।

जसमध्ये २ जना संक्रमितको उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ सय १५ छ ।

मंगलबारमात्रै मुस्ताङका ८३ वर्षीय एक पुरुष कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका थिए ।