तीन महिनामा ७ लाख नेपाली स्वदेश फर्किए


काठमाडौं, (नेस)

लकडाउन शुरु भएसँगै ७ लाख बढी नेपाली स्वदेश फर्किएका छन् । लकडाउन सुरु भएको तीन महिनाको अवधिमा हवाई मार्ग र स्थलमार्गबाट गरी ७ लाखभन्दा बढी नेपाली स्वदेश पर्किएका हुन् ।

गृह मन्त्रालयका उप–सचिव परमानन्द घिमिरेले छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हवाई मार्गभन्दा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको संख्या ठूलो छ ।’

लकडाउन शुरु भएलगत्तै स्वदेश फर्किने नेपालीको भीड लागे पनि अहिले पनि निकै कम संख्या मात्र नेपाली आइरहेको उहाँले जानकारी दिनुभयो । सरकारले भारतबाट स्वदेश फर्किने नेपालीलाई सम्बन्धित स्थानीय तहको सरकारसँग समन्वय गरेर ल्याउने गरेको छ ।