प्रहरी हवल्दारले गरे आफैलाई गोली हानी आत्महत्या

0
Shares

न्युज अफ नेपाल,इनरुवा ।

सुनसरी जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेका छन् ।खतिवडा जिल्ला अदालत सुनसरीको ४ नम्वर जिल्ला न्यायाधीश शंकर बहादुर राईको बडिगार्डका रुपमा सिविलमा खटिदै आएका सुरक्षाकर्मी हुन् ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार केही बेर अघि अदालतको छतमा गएर खतिवडाले आफूसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेको थिए ।

दाहिने कन्चटमा गोली हानी गम्भीर घाइते बनेका उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।गम्भीर अवस्थाका खतिवडाको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको कारण भने खुलेको छैन । सो विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।