लकडाउन थप कडा पार्ने सरकारको तयारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

असार १ गतेदेखि केही खुकुलो पारिएको लकडाउनका कारण जोखिम बढेको भन्दै लकडाउन थप कडा बनाउने सरकारले तयारी गरेको छ ।आज कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको हो।

‘धेरै भीड नहुनेगरी भाषा परीक्षा दिने व्यवस्था मिलाउनका लागि शिक्षा मन्त्रालयलाई भनिएको छ,’सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले भने,’टोफेल आइएलटिएसको परीक्षा गर्नका लागि निर्देशिका तयार पार्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ।’

विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ।’होटलमा भन्दा कोही व्यक्तिले घरमै क्वारेन्टिन बस्दा सुरक्षित ठानेमा त्यसका लागि समेत अनुमति दिने तयारी भएको छ,’उनले भने,’घरमै व्यवस्थित तरिकाले क्वारेन्टिन बस्न सक्ने व्यक्तिलाई सुरक्षा निकाय र स्थानीय तहको निगरानीमा बस्न दिने भनिएको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाउँछ।’

‘अहिले जति खुलेका छन्। त्यसलाई बन्द गर्ने भन्ने होइन। तर खुलेका ठाउँमा प्रोटोकलको पालना गरिएको छैन,’ त्यस्तै, सिसिएमसीले विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई भनेको छ।