[अपडेट] आज थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या तेह्र हजार नाघ्योे

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ४७६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज १२१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ३ हजार १ सय ३४ जना रहेका छन् ।