सलह पसेपछि किसानले अपनाउन थाले यस्ता उपाय

0
Shares

कविराज नेपाल, पाल्पा ।

शनिबार देखि पाल्पामा आएको सलह किरा नियन्त्रणका लागि किसानले विभिन्न उपाय अपनाउन थालेका छन ।

कृषि वि ज्ञले दिएको सुझावकै आधारमा थाल, टिन,वाद्य यन्त्र वा त्यस्तै आवाज आउने वस्तु ठटाउने, धुवा आउने गरी आगो वाल्ने होहल्ला गर्ने, वालीनालीलाई झुल कपडा आदीले ढाक्ने लागयतका उपाय अपनाएका हुन ।

विनासकारी मानिने सलह कीरा शनिवार दिउसो छिमेकी जिल्ला रुपेन्देही,नवलपरासी र कपिलवस्तुमा देखा परेको विनासकारी कीरा सलह पाल्पा जिल्लामा पसेको थियो । आइतवार र सोमवार सम्म पनि जिल्लाका विभिन्न स्थानहरु तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, माडीफाँट, , बगनासकाली, माथागढी तानसेन नगरपालिका, , रिब्दीकोट गाउँपालिका लगायतका स्थानहरुमा सलह देखिएको स्थानीयले बताएका छन ।

सलह कीरा तिनाउ गाउँपालिका वडा ३ झ्याम्रुङ्गमा बढी देखा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनु भयो ।
ज्ञान केन्द्रका प्रमुख अर्यालले आफू सहितको प्राविधिक टोली उक्त स्थानमा पुग्दा र धेरै ठूलो संख्यामा देखेको वताउदै कृषकले लगाएको मकै र तरकारी वालीमा क्षति पु¥याएको वताउनु भयो । सलह साल, आँप, दबदबे जस्ता अग्ला र ठुला रुखहरुमा बसीरहेकाले नियन्त्रण गर्ने वा मार्ने उपाए भने नरहेको जानकारी दिनुभयो । उहाले भन्नु भयो ‘सलह कीरा नियन्त्रणका लागि धुँवा उडाउने, टिन ठटाउने, ठूलो आवाज निकाल्ने जस्ता गतिविधि गर्न कृषकहरुलाई आग्रह गरिएको छ ।’ ।

प्रमुख अर्यालले भने जस्तै वालीनाली जोगाउनका लागि धुँवा उडाउने, टिन ठटाउने, ठूलो आवाज निकाल्ने गरिएको तानसेन नगरपालिका काजिपौवाका कृषक गोविन्द घिमिरेले वताउनु भयो । उहाले उडेर आएको खेतवारीमा वस्न नदिन र सलहलाई भगाउनेैका लागि यसो गरिएको जानकारी दिनुभयो ।

त्यत्ति विघ्न क्षति नपुर्‍याए पनि मदनपोखरा, दमकडा, खानीगाउँ, बराङ्गदी, छहरा, अर्गली , पोखराथोक, नायर, बतासे लगाएत जिल्लाका विभिन्न स्थानमा सलह पुगेकोले कृषकहरु चिन्तित भएका छन । कृषकका अनुसार तिनाउँको झ्याङ्गला बाहेक अन्य स्थानमा बन जंगलमा बसेका किराहरु साना झुण्डको रुपमा मात्रै बसेको र पानीपरेको बेला रुखमै बस्ने र घाम लाग्ना साथ उड्ने गरेको स्थानीय कृषकहरुले बताएका छन् । त्यसैले सचेत भएर वसेको अर्गलीका कृषक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।