सशस्त्रमा एसपी र डिएसपीको चलखेल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सशस्त्र प्रहरी बलका केही अधिकृतहरु अहिले संगठनको बदनाम गर्न उद्धत भएको पाइएको छ । संगठनले तय गरेका बिभिन्न नीतिगत बिषयहरुमा उनीहरुले तालुकदार मन्त्रालयलाई नै भ्रम पार्न लागि परेको तथ्य सार्वजनिक भएको छ ।

सशस्त्र प्रहरी बलका कानुन शाखाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक युवराज अर्याल, भण्डार शाखाका प्रमुख डिएसपी होम ज्ञवाली र दयाराम शर्मा अहिले संगठनको हित बिपरित गृह मन्त्रालयमा लविङ गर्न पुगेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

संगठनले तय गरेको ओएनएमलाई पास हुन नदिन उनीहरुले गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका सहसचिवलाई भेटेर उक्त ओएनएम पास नगर्न लविङ गरेका थिए । उनीहरुले अर्थ मन्त्रालयमा समेत गएर संगठनले तय गरेको ओएनएमलाई कार्यान्वयन नगर्न समेत दवाव दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनीहरु गृह र अर्थ मन्त्रालय जानु अघि संगठनका एक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक संग तीन घन्टा गोप्य मिटिङ गरेपछि उनीहरु मन्त्रालय गएको बताइएको छ ।

कार्यालय समयमा आफुखुसी मन्त्रालय पुगेपछि प्रधान कार्यालयले समेत उनीहरुलाई स्पष्टिकरण माग्ने भएको छ ।