स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, शव व्यवस्थापन हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौ । 

रौतहटमा उच्च ज्वरो आएपछि उपचारका लागि काठमाडौ ल्याएका बिरामीको शनिवार ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका २९ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौका थुप्रै अस्पताल पुर्याई उपचार नपाएपछि शुक्रबार स्टार अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको र उनको स्वाब परीक्षण गरिएकोमा आइतबार राती रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालकाका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीका अनुसार गम्भीर अवस्थामा अस्पताल भर्ना भएका बिरामी प्रति शंका लागेर कोरोना उपचारका लागि छुट्याईएको आईसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा शनिवार मृत्यु भयो । बिरामीको स्वाब भने अस्पताल भर्ना गर्नासाथै संकलन गरि परिक्षणका लागि पाटन अस्पताल पठाईएको र आईतबार राती मात्र रिपोर्ट पोजेटिभ आएको हो ।
हाल सम्म अस्पतालमै रहेको शब व्यवस्थापनको तयारी नेपाली सेनाले गर्दै गरेको अस्पतालले जनाएको छ । अस्पतालले कोरोना यूनिट छुट्टै बनाएको र बिरामीलाई सोही युनिटमा कोरोना उपचारको मापदण्ड अनुरुपनै सावधानी अपनाई उपचार गरिएकाले अस्पताल, अन्य बिरामी, बिरामी कुरुवा र स्वास्थ्य कर्मीमा कुनै समस्या नहुने पनि अस्पतालले जनाएको छ । सेवा सुचारु रहेको पनि अस्पतालले जनाएको छ ।