सामाजिक अभियन्ता ईलाई ज्यान मार्ने धम्की

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारी नियन्त्रणमा सरकारको लावरवाहीविरुद्ध अनसनरत सामाजिक अभियन्ता ई लाई सोमबार बिहानै ज्यान मार्ने धम्की आएको छ ।

अभियन्ता ई लाई ज्यान मार्ने धम्की दिन पूर्व वाइसीएल तथा हाल सत्तापक्षका एक व्यक्ति बिहानै ललितपुरको पाटन पुगेका थिए । सरकारको विरोध नगर्न र अनसन रोक्न धम्की दिँदै ती व्यक्तिले भनेको नमाने ज्यानै समेत जान सक्ने बताएका छन् । ती व्यक्तिले धम्की दिइरहेको थाहा पाएपछि पाटनका स्थानियहरु एकजुुट भई उनलाई त्यहाँबाट धपाएका छन् ।

अभियन्ता ईले भने ,’साथीहरु कोरोनाले नेकप , नेपाली काँग्रेस भन्दै कुन दलको कार्यकर्ता वा कुन पार्टीको नेता भनेर हेर्दैन, राम्रो कामको सम्मान र नराम्रो कामको विरोध गर्न सक्नुपर्छ ।’

कसैसँग नडराई एकजुट भएर गलत कुराको विरोध गर्नुपर्ने ईले जनाएका छन् ।