कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २९ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । शनिबार राति मृत्यु भएका उनको पिसिआर रिपोर्ट भने सोमबार बिहान आएको छ । हाल उनको शव व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।