न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमणका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ।
बीबीसीका अनुसार विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख जनाभन्दा बढी छ। सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्।
त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि सबैभन्दा बढी २५ लाख जनाभन्दा धेरै छ।
अमेरिकामा सङ्क्रमण झन् बढ्न सक्ने बताइएको छ । कोरोनाले दक्षिण एशिया र अफ्रिकामा जुलाई महिनामा उच्च विन्दुमा पुग्ने ठानिएको छ।
प्रतिक्रिया