किसान सलह धपाउन व्यस्त, सरकार जनता झुक्याउन मस्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालको तराईमा प्रवेश गरेको सलहको झुण्ड पहाडी जिल्लामा समेत पसेपछि कृषक चिन्तीत भएका छन् । खेलबारीमा लगाएका अन्नमा सलहको ताती देखेपछि पाल्पाका कृषक अताल्लिएका छन् । हालसम्म ठूलै नोक्सानी नभएपनि अन्नबाली र हरियो रुखपातमा छ्याप्छ्याप्ती बसेका सलहले केही समयभित्र सबै नष्ट नगर्लान भन्न भने सकिदैन। पाल्पाको तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केही भाग शनिबारदेखि नै सलह देखिएको छ ।

सलह देखिएसँगै कृषकले आगो बालेर त्यहाँको वातावरण धुवाँमय बनाएका थिए । जसका कारण सलह अन्नबालीमा बस्न पाएन । यस्तै, वर्षाका कारण समेत सलहको झुण्डले अन्नबाली नोक्सान गर्न नपाएको पाल्पाका कृषक बताउछन् । सलहबाट जोगाउन कृषक मकैबाली बचाउन तीर लागेका छन् । एकातर्फ कृषक सलहको चपेटामा परेका छन् भने अर्कोतर्फ सरकार यस वर्ष सलहले नोक्सानी नगर्नै दावी गर्दै बसेको छ ।

‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन । भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर जाने छन् ‘ कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता डा. हरिबहादुर केसीले भने ।

सरकारको लापरवाहीले कोरोना संक्रमणको संख्या बढेसँगै सलहको विगविगी समेत बढ्ने देखिएको छ । यस कसिमको परिस्थितीसँग जुध्न न त सरकारसँग कुनै पूर्वतयारीनै छ । कोरोना महामारीमा परेका जनताले सलहको समस्या समेत भोगनुपर्ने देखिएको छ ।