न्युज अफ नेपाल, बुटवल ।
भारतबट नेपालको तराईमा भित्रिएको सलह पहाडी जिल्लामा समेत प्रवेश गरेको छ ।
तराईको सर्लाही, सप्तरीलगाएतका अन्य जिल्लामा देखिएको सलह अर्घाखाँची, पाल्पा, गुल्मी, लगायतका पहाडी जिल्लामा समेत पुगेको छ । सलहको एक झुण्ड शनिबार बेलुकी नै पाल्पा पसेको स्थानीयले जनाएका छनु ।
विभिन्न जिल्लामा प्रवेश गरीसकेको सलहल नेपाल,मा भने धेरै क्षति नपुर्याउने विज्ञले जनाएका छन् । पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकै खेतीमा केही क्षति बाहेक अरू क्षति नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन ।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर जाने छन् मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने ।











प्रतिक्रिया