कृषकलाई मिनी ट्याक्टर र स्प्रेयर

0
Shares

रसुवा, (नेस) ।

जिल्लामा आलुखेतीलाई व्यावसायिक र आत्मनिर्भर बनाउन अनुदानस्वरूप कृषकलाई मिनी ट्याक्टर र स्प्रेयर प्रदान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ आलु जोन सञ्चालक समिति रसुवाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकबाट गरी पहिलो चरणमा १२ वटा मिनी ट्याक्टर र २६ वटा स्प्रेयर वितरण गरिएको हो । उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीका कृषकलाई आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित अनुदान रकमबाट वितरण गरिएको जोन सञ्चालक समितिका अध्यक्ष फुर्पुसिंगी तामाङले बताउनुभयो ।

उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष ईश्वर थापा तथा जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टको उपस्थितिमा कृषकलाई ट्याक्टर र स्प्रेयर हस्तान्तरण गरिएको हो ।