क्वारेन्टाइनका भान्सेको मृत्यु

0
Shares

बैतडी, (नेस) ।

बैतडीमा एक क्वारेन्टाइनका भान्सेको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ का पुरुष रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनले जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा खाना पकाउने गर्दथे । शनिबार बिहान ११ बजे घरमा एक्कासि बिरामी भएका उनको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकाले कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले जानकारी दिनुभयो । मृतकको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइने जोशीको भनाइ छ ।

शव कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको छ । दशरथचन्द नगरपालिकामा हाल ३० जना कोरोना संक्रमित रहेका छन् । भने बैतडी जिल्लाभरि २ सय ६ जनामा कोरोना पुष्टी भएको छ ।