भरुवा बन्दुकसहित १ जना पक्राउ

0
Shares

बाग्लुङ (नेस) ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङले भरुवा बन्दुक र बारुदसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढालाई १ थान एकनाले भरुवा बन्दुक, ४० ग्राम बारुद र १२ थान गोली बनाउन प्रयोग हुने सिसासहित पक्राउ गरेको हो ।

पक्राउ परेका बुढालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।