स्याङ्जामा पहिरोले पुरिएर एकको मृत्यु, एक घाइते (फोटोफिचर)

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

अत्यधिक बर्षाका कारण गए राती आएको पहिरोका कारण गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जनालाई उपचारको पाल्पा पठाइएको छ ।

गए राती करिब २,३ बजे आएको पहिरो कारण यमबहादुर बिकको मृत्यु भएको छ भने फुलमाया बिकलाई उपचारको लागि पाल्पा लगिएको छ । घटना घटे लगत्तै गाउलेले उद्घारगरि गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए । लासलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको पाल्पा पठाइएको वडा अध्यक्ष हरि खनालले जानकारी दिनुभयो ।

घटना स्थलमा प्रहरी जादै गरेको हुँदा थप विवरण आउन बाकी रहेको प्रहरी उपरीक्षक बिमलराज कडेलले जानकारी दिनुभयो ।