कोरोनाका बाबजुद खेतबारीमा रमाउँदै कृषक

0
Shares

कविराज नेपाल, पाल्पा ।

कोरोना कहरका कारण दैनिक जनजीवनमा कठिनाइ भए पनि पाल्पााका कृषकहरु यस वर्ष हर्षित भएका छन । समयमा नै पानी परेको र मौसमले साथ दिएका कारण कृषकहरु वारीको काम केही छिनका लागि सकेर अहिले खेतमा रोपाइ गर्न व्यस्त वनेका छ । गएका वर्षहरुमा समयमा पानी नपरेका कारणले साउनको अन्तिमहप्ता सम्मधान रोपाई गर्ने कृषकहरु यस वर्ष मौसम र परिस्थीतीले सहयोग पुर्याएका कारण असार महिना भरिमा रोपाई सकिने आशामा धमाधम खेतमा काम गर्देै गरेको अवस्थामा भेटिन्छन ।

गत वर्ष मात्रै पनि पाल्पाम ाअसारको दोस्रो हप्ता सम्म पानी आकाश हेर्दै कहिले पानी पर्ला भनेर फूर्सदिला भेटिने अधिकास कृषकहरु यस वर्ष भने जेठको अन्तिम हप्तातिरबाटै पानी पर्न थाले पनि असार सुरु भए लगत्तै धान रोप्न व्यस्त भएका हुन् ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष मनसुनी वर्षाद समयमै हुनु, लकडाउन र कोरोना महामारीका कारणले गर्दा वाहिर गएकाहरु पनि गाउ घरतिर फर्केकाले कृषि मजदुरको समस्या कषकले व्योहोर्नु परेको छैन । सामाजिक र भौतिक दुरी कायम राख्दै पछिल्लो समयमा यहाका कृषकहरुले परम्परागत रुपमा प्रयोग गर्दे आएको हलो र गोरुका विकल्पमा आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका छन जसको कारणले काम सजिलो र छिटो हुन थालेको कृषकको भनाइ छ । यस वर्ष कृषकहरु असारको पहिलो हप्तावाटै रोपाईमा व्यस्त भएकाले उत्पादनमा पनि वृद्धि हुने आशा कृषि ज्ञान केन्द्रले गरेको छ । गत वर्ष किसानहरुले धान खेतीका लागि समयमा मलको अभाव, किराको प्रकोप र धानको बाला लाग्नु पर्नेमा अधिकाश बालामा कालो पोके र फौजी कीराको प्रकोप समयमा वर्षा नहुनु जस्ता समस्या भोगेका कारणले उत्पादन घटेको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार मकै पछि जिल्लाको दोस्रो मुख्य वालीको रुपमा रहेको छ र जिल्लामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा वर्षे धान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यसबाट वार्षिक रुपमा ३३ हजार मेट्रिक टन धान उत्पादन हुने बताइएको छ ।

जिल्लाको हुँगी, दोभान, माडी,रामपुर,कचल,अर्गली,सर्देवा,लगुवा लगायतका फाँटहरु धान खेति गरिने मूख्य क्षेत्रहरु हुन । यस वर्ष असार दोस्रो साता सम्म करिव ५० प्रतिशत कृषकले रोपाइ गरिसकेको अनुमान गरिएको छ ।

तानसनेन नगरपालिका वडा १४ अर्गलीका किसान स्थानेश्वर गेैरेका अनुसार धानवाली लगाउदा कृषहरुले यान्त्रिकरणको प्रयोगलाई वृद्धि गर्दे, स्थानिय,उन्नतजात, र हाईव्रीडजातको विउ प्रयोग गर्दे आएका छन् । जसले गर्दा कृषकलाई पहिले भन्दा सजिलो हुन थालेको छ ।
समयमा रोपाई भएकाले र रोपाइ पछि पनि मौसम अनुकुल भए उत्पादनमा समेत वृद्धिहुने कृर्षकहरु वताउछन् । यस वर्ष समयमै वर्षाद, खेतमा काम गर्ने कामदार घर घरैका व्यक्ति र परम्परागत रुपमा प्रयोग गरिदै आएको गोरुको विकल्पमा ट्याक्टरको प्रयोगको कारण यस वर्ष समयमै रोपाई सकिन लागेको कृषक जितवहादुर पुनले वताउनु भयो ।