स्याङजामा एकैदिन ३४ जना कोरोना मुक्त भएर घर फर्किए

0
Shares

भूपराज बस्याल, स्याङजा ।

स्याङजामा आज एकै पटक ३४ जना संक्रमित कोरोना जितेर घर फकिर्एकाछन् । कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाईएको हो ।

अस्पतालमा रहेका ४१ जना संक्रमितको दोस्रो परिक्षणका लागि स्वाव संकलन गरि पठाईएकोमा ७ जनाको भने दोस्रो परिक्षण पनि पोजेटिभ नै आएको छ । आज घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना,वालिङका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेकाछन् । यो सँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ । जिल्लाका १ सय ५९ संक्रमित मध्ये २ जनाको निधन भईसकेको छ ।

कोरोनामुक्त भएकाहरुलाई, भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण,स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्मा, स्वास्थ्यकर्मी लगायतले बिदाई गर्नुभएको थियो ।