आखिर नेपाल पस्यो विनाशकारी सलह

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालका तीन जिल्लामा सलह कीरा प्रवेश गरेको छ । सर्लाही, बारा र पर्साका केही ठाउँमा शनिबार बिहान सलह कीरा देखिएको हो।

कृषि ज्ञान केन्द्र बाराको टोली छानबीनका लागि सलह लागेको ठाउँमा पुगेको छ । त्यहाँ सलह कीराको समूह देखिएपछि कृषि मन्त्रालयलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।

सलहले पार्ने समस्या र नियन्त्रणबारे छलफल गर्न शनिबार दिउँसो मन्त्रालयले जुम मिटिङ डाकिएको छ। मन्त्रालय स्रोतले खबर प्राप्त भएको तर पुष्टि भने नभएको जनाएको छ ।

अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह जातको फट्याङ्रा अरबियन देशहुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो ।

करोडौंको संख्यामा हुने यस किराको झुण्ड एकै दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्छ ।