न्युज अफ नेपाल, पर्वत ।
आइसोलेसन अस्पताल, क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने व्यक्तिमा समेत कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै पर्वतमा संक्रमितको संख्या ७१ पुगेको छ ।
अस्पताल, क्वारेन्टाईनहरुमा डिसइन्फेक्सन छर्किने ५३ बर्षिय पुरुष कुस्माकै हुन । उनलाई आइसोलेसनमा लैजाने तयारी भएको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डा शिशिर देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराईरहेका ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । संक्रमितको रिर्पोट नेगेटिभ आएपछि आजै बिदाई गरिने भएको छ ।
यस अघि दुई चिकित्सक सहित पर्वतका ११ जनामा कोरोना संक्रमित घर फर्किसकेका छन । आइसोलेसनमा उपचार गराईरहेका ११ जनाको भने पोजेटिभ रिर्पोट आएका कारण उपचारमै रहने डा। देबकोटाले जानकारी दिनुभयो ।











प्रतिक्रिया