गण्डकी प्रदेशमा १२ महिने शिशुसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष, सोही गाउँपालिकाकाकै १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिला, स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १र१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा। विनोद विन्दु शर्माले जनाएका छन् ।

यस्तै, बागलुङको काठेखोला गाउँपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष, बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । नवलपुरमाको हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।