कोरोना अपडेट : विश्वभर चार लाख ९६ हजार ७९६ को मृत्यु, ९९ लाख ३ हजार ७७४ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर चार लाख ९६ हजार ७९६ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ९९ लाख ३ हजार ७७४ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ५३ लाख ५७ हजार १५३ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ भने २५ लाख ५२ हजार ९५६ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ५६ हजार १०९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८० हजार ५४ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३४ हजार ७०८, स्पेनमा २८ हजार ३३८, फ्रान्समा २९ हजार ७७८, इरानमा १० हजार २३९, बेल्जीयममा ९ हजार ७३१, जर्मनीमा ९ हजार २६, नेदरल्याण्डमा ६ हजार १०३, टर्कीमा ५ हजार ६५, स्वीजरल्याण्डमा १ हजार ९६२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ११ हजार ७५५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने २७ जनाको मृत्यु भइसकेको छ । यस्तै, दुई हजार ६९८ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।