एजेन्सी ।
भारत र चीनबीच लद्दाखको गलवान घाटीमा हालै भएको भीडन्तपछि दुई देशबीच द्वन्द बढेको छ ।
सीमामा दुवै देशका सेनाको फौज बढाइएको छ । दुवै देशबीच सहमतिका लागि वार्ता भइरहे पनि विवाद शान्त हुने भने देखिएको छैन । दुवै देशबीच भएको सहमतीमा भने वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको छ । चीनले तिब्बती लडाकुलाई सैनिक तालिम दिनका लागि भर्ना खोलेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, भारतले पनि सीमा नजिक आफ्ना फौजको संख्या बढाएको छ । त्यहाँको स्थिती हेरेर परिआएमा हतियार चलाउन समेत सैनिकलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामान्य भीडन्त भरहने सो क्षेत्रमा जुन १५ मा भने २० भारतीय सैनीक र सञ्चारमाध्यका अनुसार दुई चनिीयाँ सैनीकको ज्यानै गएको छ ।
सहमतिका लागि पटक पटक वार्तामा बसेका दुवै पक्षले भित्रभित्रै युद्धको तयारी गरिरहेको खुलेको छ । दुवै तर्फले सीमामा सैनीक लगाएत विभिन्न हातहतीयार तयारी अवस्थामा राखेको जनाइएको छ ।
प्रतिक्रिया