अखबारको अनुमतिपत्र खोसियो

0
Shares

डोडोमा, (एजेन्सी) । 

पटक पटक तान्जानियाको प्रचलित कानुन र पत्रकारिताको आचार संहिता तोडेको आरोपमा दि तान्जानिया डाइमा नामक अखबारको अनुमति पत्र नै खारेज गरिएको तान्जानियाको संचार मन्त्रालयले जनाएको छ ।

बुधवार देखि निजी क्षेत्रको स्वामित्वमा रहेको यो अखवार पुर्वी अफ्रिकी मुलुक तान्जानिया वा विदेश कतै पनि प्रकासित वा वितरण गर्न नपाइने सुचना सरकारले जारी गरेको छ ।

सो अखवारलाई एक वर्ष भन्दा लामो समयदेखि अनुमति पत्रमा उल्लेखित शर्तहरु पालना गर्न त्यसका सम्पादकहरुलाई वारम्वार सम्झाइँदा पनि अटेर गरेकाले अन्तत यो निर्णय गरिएको बताइएको छ ।

तर प्रकाशकले अखवारको पुन छपाई तथा वितरणका लागि अर्को अनुमति पत्र प्राप्त गर्न निवेदन दिन सक्नेछन् । अझै चाख लाग्दो कुरा के हो भने यो अखवारको अनुमति पत्र रद्ध गरिएको यो पहिलो घटना भने होइन ।

अधिकारवादी अभियन्ताहरुले भने सरकारले आफ्नो विारेध गर्न खोज्ने संचार माध्यमलाई दमन गर्न खोजेको आरेप लगाएका छन् । तान्जानियामाआगामी अक्टोवरमा आम चुनाव हुँदैछ । राष्ट्रपति मागाफुलीले दोश्रो कार्यकालका लागि चुनाव लडदैछन् ।