पचास सेन्ट घुसका लागि प्रहरीद्वारा तीन जनाको हत्या

0
Shares

नैरोबी,(एजेन्सी) । 

कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम नमानेको कारण आफ्ना एकजना साथी पक्राउ परेको विरोधमा मोटरसाइकल ट्याक्सी ड्राइभरहरुले प्रदर्शन गर्दा केन्याली प्रहरीले तीन जनाको हत्या गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यस घटनामा संलग्न अधिकारीहरुलाई पक्राउ गर्न आदेश दिएको छ । साथै केन्याली प्रहरी माथि कोरोना भाइरसको कारण लागु गरिएको नियम प्रति निकै कडा ढंगले पेश भइरहेको आरोप पनि लागेको छ । स्टान्डर्ड अखवारका अनुसार एकजना मोटरवाइक ट्याक्सी ड्राइभरले मास्क नलागाएको विषयमा प्रहरीले अधिकारको दुरुपयोग गर्न थालेपछि एकजना चालिस वर्षिय जुत्ता बनाउने लाजारस टिरोप नामक व्यक्तिले हस्तक्षेप गरेका थिए ।

दि डेली नेसन अखवारले आधा अमेरिकी डलर घुसका लागि किचकिच गरिरहेका प्रहरीलाई रोक्न खोज्ने टिरोपलाई प्रहरीले गोली हानी मारेको जनाएको छ । यस घटनाको विरोध गर्न खोज्ने अन्य दुईजनालाई पनि प्रहरीले गोली हानी मारेका हुन् ।