घर फर्काइएका पुरुषमा पुन: कोरोना संक्रमण

0
Shares

सरिता चलाउने, सल्यान ।

विदेशबाट घर फर्कने क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै होम क्वारेन्टाइनमा बस्नका लागि घर फर्काइएका शारदा नगरपालिका १२ डाग्रीका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।

घरमा पठाएपछि होम क्वारेन्टाइनमा बस्दै आएका उनलाई थप उपचारका लागि सल्यान बहुमखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यलय सल्यानले जनाएको छ । ओमनबाट नेपाल फर्कने क्रममा असार दुई गते सल्यान आइपुगेका ती पुरुषलाई तीनदिन लुहापिङ्गस्थित त्रिजमाविको क्वारेन्टाइनमा राखेर ओमनको एयरपोर्टमा गरेको रिपोर्ट अनुसार घर पठाइएको स्वास्थ्य कार्यलयका प्रमुख अर्जुन बुढाले बताउनु भयो । उहाँका अनुसार घरका अन्य सद्स्यलाई सबैलाई क्वारेन्टिनमा राखेर स्वाब संकलन गरिने छ ।