सर्वोच्चद्वारा सीमा व्यवस्थापन नगर्नुको कारण देखाउन सरकारलाई आदेश

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको सिमानालाई व्यवस्थित नगर्नुको कारण पेश गर्न शुक्रबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले १५ दिन भित्र त्यस्तो कारण पेश गर्न आदेश दिएको हो ।

नेपाल भारतको सीमा ब्यवस्थित नभएका कारण अनेक प्रकारका अपराध हुने गरेको उल्लेख गर्दै सीमालाई ब्यवस्थित गर्नकोे लागि आदेश दिन माग गर्दै कलाकार नवल खड्कासमेतले रिट निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदमा नेपाल भारत सीमाको हरेक जसो क्षेत्रमा बेला बेलामा अपराध हुने गरेका कारण सीमालाई तारबार गरी ब्यवस्थित गर्न माग गरिएको थियो । रिट निवेदनमा उठाइएका विषय संवेदनशील भएका कारण इजलासले त्यसलाई चाँडो टुङ्गो लगाउने गरी अग्राधिकार दिएको छ । रिट निवेदकको तर्फबाट अधिवक्ताहरु मनीषकुमार श्रेष्ठ, विकास भट्टराई अनन्तराज लुईटेल, कीर्तिनाथ शर्मा पौडेल, शालिकराम सापकोटा, रामेश्वरप्रसाद कोइराला अमिता गौतम पोडेललगायतले बहस गर्नुभएको थियो ।