नर्भिक अस्पतालमा १६८ किलो तौल भएकी महिलाले स्वस्थ शिशुलाई जन्म दिइन्

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

असाधारण मोेटोपन भएकी एक महिलाले शल्यक्रियाबाट नर्भिक अस्पतालमा स्वस्थ शिशुलाई जन्म दिएकी छन् ।

कलंकी निवासी ३१ बर्षिय महिलाको तौल मात्रै १६८ के.जी रहेको थियो । चिकित्सकको सफल शल्यक्रियापछि ती महिलाले असार ११ गते बिहान ११ः०० बजे २.९५ के.जी. तौल भएकी स्वस्थ छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । उनको शल्यक्रिया नर्भिककी बरिष्ठ प्रसूति तथा बाँझोपन, टेष्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माले गरेकी थिइन् । अस्पतालका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य सामान्य रहेको छ ।

घटनाले एकातिर केवल मोटोपन मात्रै गर्भाधानको वाधक हुनसक्दैन भनेर प्रमाणित गर्दछ भने अर्कोतर्फ जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गर्दछ । जोखिम परिस्थितीमा पनि सफल शल्यक्रिया गरेकी डा. नुतनलाई नवजात शिशुका परिवार तथा नर्भिक अस्पताल परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

प्रेस विज्ञप्ति

नर्भिकमा असाधारण मोटोपन भएकी महिलाले
शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माइन ।

काठमाडौं, २०७७/०३/१३

काठमाडौंको कलङ्की निवासी ३१ बर्षिय महिला (श्रीमती मेरिना हमाल) गत असार १० गते अपरान्ह ३ः१५ बजे नर्भिकको प्रसूति तथा स्त्रीरोग विभागको बहिरङ्ग कक्षमा उपस्थित भइन् । ३७ हप्ता पार गरिसकेको आफ्नो गर्भको शिशुलाई सुरक्षितपूर्वक जन्मदिनु नै हस्पिटल आउनुको उनको एकमात्र अभिप्राय थियो । शारिरीक रोगका हिसावले न त उनमा मधुमेह थियो, न त उच्च रक्तचाप, न त गम्भिर श्वास–प्रश्वास रोग, न त हाइपोथाइराडिजम् (थाइराइड ग्रन्थी कम सक्रिय भई कम थाइराइड हर्मोन उत्पादन गर्दा मोटोपन हुनसक्छ ।) नै ।

तर उनको तौल असाधारण (१६८ के.जी.) र शारिरीक बनावट हेर्दा लाग्थ्यो– उनको उपचार त कठिन थियो नै, साथ साथै गर्भाधान प्रक्रिया समेत जटिल हुनुपथ्र्यो । निजलाई हिजै अर्थात् असार ११ गते बिहान ११ः०० बजे नर्भिककी बरिष्ठ प्रसूति तथा बाँझोपन, टेष्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माले शल्यक्रिया गरी स्वस्थ शिशु प्रदान गरेकी थिइन् । श्रीमती हमालले २.९५ के.जी. तौल भएकी स्वस्थ छोरी पाएकी थिइन् ।

सामान्यतया यति ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आपैmमा कठिन प्रायः मानिन्छ र सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो हुनुपर्छ ।
हाल नवजात शिशु र आमा दुवै सामान्य अवस्थामा छन् ।

यस घटनाले एकातिर केवल मोटोपन मात्रै गर्भाधानको वाधक हुनसक्दैन भनेर प्रमाणित गर्दछ भने अर्कोतर्पm जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गर्दछ ।

यस्ताखाले जटिल र जोखिमयुक्त प्रसूति गराउँदै सफलता प्राप्त गर्ने डा. नुतनलाई बधाई ज्ञापन गर्दै नवजात शिशु र आमालाई नर्भिक परिवार स्वास्थ्यलाभको कामना गर्दछ ।

डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्त बाँझोपन तथा टेष्टट्युब बेबीका लागि राम्रो ख्याति प्राप्त गरिसकेकी विशेषज्ञ हुन् ।