थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज मात्रै थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २६९८ पुगेको छ। हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भइसकेको छ ।

रसुवा जिल्ला बाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको डा जागेश्वर गौतमले जनाए ।