सिन्धुलीका थप तीन पुरुषमा कोरोना संक्रमण

0
Shares

बुद्ध नेपाली, सिन्धुल ।

सिन्धुलीमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ७ का एक, वडा नम्बर १० का एक जना र दूधौली नगरपालिका ८ का एक जना गरी तीन जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनुभयो ।

संक्रमित तीनै पुरुष भारतबाट रोजगार गुमाएर फर्किएका हुन् । उनीहरु एक साताअघि स्थानीय क्वारेन्टाइनमा बसेका थिए । योसंगै जिल्लामा कोरोना संक्रमितहरुको संख्या ८ पुगेको छ ।

यसअघि चार जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये तीन जना पुरुष र एक जना महिला उपचारपछि निको भएर घर फर्किसकेका छन् । आज कोरोना पुष्टि भएका संक्रमित तीनै जना पुरुषहरुलाई सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने छ ।