राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

0
Shares

न्युज अफ नेपाल, नेपालगञ्ज ।

प्रहरीले राष्ट्रिय वाणिज्य बैंक, नेपालगञ्जको त्रिभुवनचोक शाखाका प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।

सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई एक करोड २५ लाख रुपैयाँ ऋण दिएको आरोपमा शाहीलाई प्रहरीले पक्राउ गरेको हो । ऋण लिएका जसगढ यसअघि नै पक्राउ परिसकेका छन् ।

घटनाको थप छानबिनका लागि शाहीमाथि म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसुरमा अनुसन्धान हुने छ ।