९० लाखको बोधिचित्त लुटपाट

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

९० लाख रुपैयामा विक्री गरिएको बोधिचित्तको रुखमा फलेका गेडा विहिबार राति लुटपाट भएको छ । रोशी गाउँपालिकामा ब्यवसायीहरुले ९० लाख रुपैयाका ४ लाख ५० हजार राजश्व बुझाएका थिए ।

रोशी पाउँपालिका वडा नम्वर ५ स्थित विरबहादुर तामाङको बारीमा रहेको बोधिचित्तको बोटमा चढी सागर मैनालीको समुहले लुटपाट गरेको स्थानीयले बताएका छन् । बाटोमा खतरा लेख्दै एसएमजी जस्तो देखिने दुई थान, पेस्तोल जस्तो देखिने २ थान, कटुवा पेस्तोल १० थान, सकेट बम ३ थान, खुकुरी ७ थान लिई कटुवा पेस्तोलबाट २ राउण्ड हवाई फायर गरी सकेट बम १ थान पड्काई बोधिचित्त कुर्न रुख मुनी बसेका ब्इक्तिहरुलाई कुटपिट गरी बोधिचित्त टिपेर फरार भएका थिए । झण्डै तीस जनाको संख्यामा आएको मैनालीको समुहले विरबहादुर तामाङको घर फुटाउँदै विजुलीको मिटर बाक्साबाट बत्ति काटी, सिसि क्यामेरा निकालेर त्यसको मनिटर समेत फुटाए पछि मात्रै रुख मुनी बसेका युवाहरुलाई कुटपिट गरेका थिए । प्रहरीले घटनास्थलबाट पेस्तोलको जस्तो देखिने एक थान खोका र लाईफ बुलेट (जंगी राउण्ड) एक थान फेला परेको छ । प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार उनिहरुको खोजी कार्य भईरहेको छ । लुटेराहरुले बोधिचित्त छोपेर राखेको त्रिापलमै पोको पारेर कुरेर बस्ने ब्यक्तिहरुका १६ थान मोवाईल लुटी लगेका छन् । उक्त समुहले विरबहादुरसँगै दिलबहादुर तामाङको घर समेत फुटाएका थिए ।

लुटेरा समुहको आक्रमणबाट तेमाल गाउँपालिका ६ माउरेका श्याम तामाङ, रोशी गाउँपालिका वडा नम्व्र ६ का जितबहादुर तामाङ, सोहि ठेगानका जितबहादुर तामाङ र रोशी गाउँपालिका ५ का वाङडुक लामा घाईते भएका छन् । उनिहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । उक्त रुखमा पटक पटक विवाद हुने गरेको थियो । रुख धनीले धेरै ब्यक्तिसँग पैसा लिने र दोहोरो हुँदा झडप र असमझदारी हुँदै आएको थियो । केहि वर्ष अघि पनि उक्त रुखमा फलेको बोधिचित्त मैनालीको समुहले लुटेको थियो । रुखमा ५ प्रतिशत गेडा बाँकी रहेको छ ।