पनौतीमा सातौँ नगर सभाका आठ उपहार

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

स्थानीय सरकारले धमाधम बजेट अधिबेशन आयोजना गरेका छन् । पनौती नगरपालिकाको आर्थिक वर्ष २०७७/ ०७८ का लागि एक अर्व ३२ करोड २८ लाख ७७ हजारको बजेट प्रस्तुत भएको छ । सातौ नगर सभाले नगरबासिहरुका लागि महत्वपूर्ण ८ वटा उपहार प्रदान गरेको छ ।

– सम्पदा क्षेत्रको संरक्षण, विकास र प्रोत्साहन
– नगर अस्पताल
– मानव अधिकार तथा न्यायमैत्री नगर घोषणा
– कर दस्तुर छुट
– भूमि बैक
– युवा परिषद, नगर खेलकुद विकास गठन सहित युवा लक्षित विशेष कार्यक्रम
– बैदेशिक रोजगारीबाट फर्किएका यूवा यूवतिलाई २ लाख अनुदान
– सांस्कृतिक महत्वको १२ वर्षे मकर मेला ब्यवस्थित

कोभिड १९ रोकथामसँगै नगर भित्रका सांस्कृतिक महत्वको १२ वर्षे मकर मेलालाई ब्यबस्थित बनाउन, काभ्रे उपत्यका खानेपानि आयोजनाको पानी वितरण गर्न, १५ शैयाको नगर अस्पताल निमार्ण गर्ने लगायतका कार्यक्रम प्राथमिकतामा परेका छन् । मानव अधिकार तथा न्यायमैत्री नगर घोषणा, सम्पदा क्षेत्रको संरक्षण विकास र प्रोत्साहन, कोभिड १९ ले पारेको प्रभाबबाट संस्थागत सामथ्र्यका आधारमा सम्पति कर, घरबहाल कर, आय ठेक्का, ब्यबसाय कर, ब्यबसाय दर्ता, नविकरण र रोयल्टीमा छुट दिने नगर सभाले निर्णय गरेको छ ।

वाँझो जमिनलाई वडागत एकत्र गर्ने, संस्थागत सुत्केरीलाई प्रोत्साहित गर्दै शुन्य होम डेलिभरी युक्त नगर बनाईने, नगरपालिकालाई पुर्ण खोपयुक्त नगर बनाईने, समुदायका विपन्न महिलाहरुको नेतृत्व तथा क्षमता बुद्धि गराई आर्थिक सामाजिक सास्कृतिक राजनैतिक विकासमा अग्रणी भुमिका निर्वाहमा सहयोग गर्ने निर्णय भएको नगर प्रमुख भिम न्यौपानेले जानकारी दिनु भयो ।

प्रत्येक विद्यालयमा ईन्टरनेटको ब्यबस्था गर्ने, महिला सहकारी समुहहरुलाई कृषि ब्यबसायमा आर्कषित गर्ने, कृषि बाली र पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्ने, बालमैत्री विद्यालयका सुचकहरुको सुनिश्चितताका लागी बाल क्लबलाई थप प्रोत्साहन गर्ने, भैसि सुत्केरी भत्तालाई निरन्तरता दिने, बैदेशिक रोजगारीबाट फर्किएका यूवा यूवतिलाई लक्षीत गरी सहकार्यमा २ लाख सम्म अनुदान रकम उपलब्ध गराउने, कृषकलाई ४ सय वटा पाडी वितरण गर्ने, उच्च मुल्यका ब्यबसायीक फलफुल बगैचा स्थापनाका लागी ६० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराउने, आव २०७७÷७८ मा सबै वडालाई बालमैत्री वडा घोषणा गरी नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने, युवा रोजगार कार्यक्रमलाई ब्यबस्थित गरी न्युनतम रोजगारीको प्रत्याभुति गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । स्थानीय स्तरमा रोजगार बढाउन सक्ने कृषि, पशुपालनमा ब्यवसायीकतालाई प्राथमिकतामा राखएिको छ । नगर प्रमुख न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख गिता बञ्जाराले बजेट र विधेयकहरु प्रस्तुत गर्नु भएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईले नगर सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई पास गरे सँगै कार्यान्वयन गरिने बताउनु भयो । नगर सभाका निर्णय कार्यान्वयन गर्दै नगरबासिहरुको जीवन समृद्ध बनाउने बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।