‘मापसे’ गरेर साथीको हत्याः तीनजना पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंमा एक जना पुरुषको हत्या भएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३५–४० वर्षका श्याम परियारको काठमाडौंको बिजेश्वरीमा सँगै खाएर बसेका साथीहरुले नै साथीको हत्या गरेका हुन् ।

घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

प्रहरीले शुक्रबार बिहान तीनै जना मध्ये ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम लामा तामाङ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलार्इ छुटटाछुटै स्थानबाट नियन्त्रणमा लिएको हो ।

सँगै मादक पदार्थ सेवन गरेको र नसामा विवाद हुँदा तीन जनाले परियारमाथि हातपात गरेको पाइएको महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले बताए ।

‘सिमेन्टबाट बनेको ढलान ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएर घटनास्थलमै छाडेर गएको पाइएको भट्टले बताए । उनीहरुको ‘ज्यानसम्बन्धी कसूरमा म्याद थप गरेर अब विस्तृत अनुसन्धान गर्ने जनाइएको छ ।