नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री उपस्थित भएनन्


न्युज अफ नेपाल, काठमाडाैँ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन् ।

अहिले सरकारको काममा बढी ध्यान दिनुपर्ने भएकाले पार्टीको बैठकमा अध्यक्ष ओली उपस्थित हुन नसकेको ओलीका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा यसअघि नै मन्तव्य राखिसकेका छन् भने आजको बैठकमा बाँकी सदस्यहरुले आफ्ना धारणा राख्‍ने छन् ।

कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषय लगायत पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ ।