कर्णाली प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित


न्युज अफ नेपाल, सुर्खेत ।

कर्णाली प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमा २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको छ ।

संक्रमित सबै जनालाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ ।