नेपालको चीनसँग सीमा विवाद छैन: परराष्ट्र मन्त्रालय


न्युज अफ नेपाल,काठमाडौं ।

परराष्ट्र मन्त्रालयले नेपाल–चीन सीमाबारे आएका समाचारमा आपत्ति जनाउँदै बिहिबार एक विज्ञप्ति जारी गर्दै चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्ट पारेको छ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ।

सीमा सम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ।

सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ।