संक्रमितको संख्या ११ हजार नाघ्यो


काठमाडौं, (नेस)
बिहीबार थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ भने बिहीबार ३ सय १२ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
जसमध्ये १९ महिला र २ सय ९३ जना महिला रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।
बिहीबार रेडजोनमा ५ सय ९ जनामध्ये १ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयोे । हालसम्म नेपालका ७६ जिल्लामा कोरोना संक्रमण फैलिई संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।