न्यूयोर्क म्याराथन रद्द

0
Shares

न्युयोर्क, एजेन्सी ।

कोरोना भाइरसको महामारीका कारण न्यूयोर्क म्याराथन रद्द भएका छन् ।

अमेरिकाको न्यूयोर्क सहरमा हुने उक्त म्याराथन नोभेम्बर एक तारिखमा तय गरिएको थियो । तर, कोरोनाको संक्रमण अझै नियन्त्रणमा आइनसकेकोले सो प्रतियोगिता रद्द गरिएको जनाएको छ । यसका साथै कोरोनाका कारण रद्द हुनेमा न्युयोर्क म्याराथन ५० औं ठूलो प्रतियोगिता समेत बनेको छ ।

त्यस्तै, बर्लिन म्याराथन पनि रद्द गरिएको छ । सेप्टेम्बर २७ बाट सुरु हुने भनिएको बर्लिन म्याराथन कोरानाकै कारण खुल्ला रुपमा आयोजना गर्न कठिन भएको भन्दै रद्द गरिएको जनाएको छ । यसअघि लण्डन म्याराथन पनि कोरोनाकै कारण रद्द हुनसक्ने बताउँदै आएपनि कुनै टुंगो लागेको छैन ।