गलवान क्षेत्र आफ्नो भूभागमा पर्ने चीनको दावी

0
Shares

एजेन्सी ।

भारत र चनिबीच गलवान क्षेत्रलाई लिएर विवाद बढेको छ ।

यस क्षेत्रमा गत जुन १५ मा दुई पक्षबीच झडडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने दुई चिनियाँ सैनिकको समेत मृत्यु भएको भारतले दावी गर्दै आएको छ । यसैबीच चिनियाँ रक्षा मन्त्रालयले बेइजिङको दावीलाई स्वीकार गर्दै गाल्वान उपत्यका क्षेत्रमा चीनको सार्वभौमिकता रहेको र चिनियाँ सीमावर्ती सेनाले यस क्षेत्रमा धेरै बर्षदेखि गस्ती गर्दै आएको बताएको छ ।

भारतीय पक्षले भने गल्वान भ्याली क्षेत्र आफ्नो रहेको र चीनले पहिलो पटक यसको दावी गरेको जनाएका छन् । भारतले चीनको दावी “अस्थिर” भएको जनाउदै सन् १९६२ देखि नै बेइजिङले गल्वान भ्यालीमा आफ्नो दावी नगरेको बताएको छ ।

यसअघि पनि चीन र चारतबीच यस क्षेत्रलाई लिएर बेला बेलामा विवादका कुरा बाहिर आइरहेको थियो ।