स्वदेश फर्केकालाई रोजगारी देऊ : पूर्व राजा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना माहामारीबाट प्रभावित भई स्वदेश फर्किएकालाई रोजगारीको व्यवस्था गर्न आग्रह गरेका छन् । बुधबार एक सन्देश गर्दै पूर्वराजा शाहले सो आग्रह गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रद्वारा जारी सन्देशको पूर्णपाठ

नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,

नेपाल बहूजातीय, बहूभाषिक र बहूबिध भौगोलिक विशेषता रहेको मूलूक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा अनपनाउँदै गएको जातीयता, बर्गियता र क्षेत्रीयताका संकिर्ण दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।

अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबा६ आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गूमाएका र पिडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाकासाथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दछु ।

संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नू परेको गांस, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह पनि गर्दछु । साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिैक बेतिथिप्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।

विविध वाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरु स्वदेश फर्कने क्रममा रहेका छन् । चूनौति पछि आएको यो समय सन्दर्भ एक असर पनि र अवसर पनि हो । फर्कने सबैको श्रम, शिप र सामर्थको सदूपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइन पनि नितान्त जरुरी रहेको छ ।

बदलिंदो विश्व व्यवस्थालाई बूझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति, संस्कृति र प२तितिर फर्कनू जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्वनको परिपाट फेरि कायम हून्छ । केहि दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नू परेको छ ।

हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ रु जनताको सूरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ रु रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दूखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ रु भ्रष्टाचार लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनौं उठिरहन्छ रु यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार यूवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ रु यी सब सोचनीय विषय र विचारणीय कुराहरुको प्रश्नहरु उब्जिरहेको छ ।

आजको यो काल खण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हुँदैन । नेपाल राष्ट्र एकिकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वतोमूखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नू पर्दछ । राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्टिय कर्तव्य र धर्म हो ।

राष्ट्रको यो विषम स्थितिलाई दृष्६िगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको छु। साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शूभेक्षा राख्दै देशको सून्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुलाई धैर्य, दृढता र साहशकासाथ अघि बढ्न आव्हान गर्दछु ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।
असार १०, २०७७