आज शीतल निवासमा रात्रीभोज


काठमाडौं ।रास्ट्रपति विद्यादेवी भण्डारीले आज सबै दलका नेतालाई बोलाएर रात्रिभोजको आयोजना गर्न लाग्नुभएको छ । नेकपा स्थायी समिति बैठक शुरु हुने दिन यस्तो कार्यक्रमको आयोजना गर्न लाग्नु भएको हो ।

नीति तथा कार्यक्रम र बजेट पास भएको, संसदबाट अभूतपूर्व सहमतिका साथ संविधान संशोधन गरी देशको नयाँ राजनैतिक र प्रशासनिक नक्सा जारी भएको, नागरिकता बिधेयक अघि बढ्दै गरेको, कोरोना महामारी मध्यविन्दूमा पुगेकोलगायतका अवसरमा राष्ट्रीय एकताको सन्देश दिन यसरी नेताहरुसंग सहभोज गर्न लागिएको बताइन्छ ।

कोरोना रोगको संक्रमणका कारण २५ जनाभन्दा बढीको जमघट नगर्न निर्देशिका जारी गरेको पृष्ठभूमिमा आजको भेला कति जनासम्मको हुने खुलाइएको छैन । चार दिनपछि जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती परेको छ, त्यस दिनका निम्ति शीतल निवास र नेकपाबाट कस्तो योजना बनेको छ, सो को जानकारी पनि आइसकेको छैन ।