जिन ठानेर ह्यान्ड स्यानिटाइजर बेचिए

0
Shares

सिडनी,( एजेन्सी) ।

प्राविधिक त्रुटीको कारण ह्यान्ड स्यानिटाइजर भरेर मदिरा जिन बजार पठाइसकेका सम्पूर्ण बोटल फिर्ता ल्याउन अष्ट्रेलियाको एउटा डिष्टिलरी सफल भएको छ । भिक्टोरिया स्थित एपोल्लो बे डिस्टलरीले एसएस क्यासिनो जिन लेवल टाँसिएका नौ वटा यस्ता बोटल गत सप्ताहान्त एपोल्लो बे स्थित ग्रेट ओसियन रोड ब्य्रुहाउसबाट बिक्री भएका थियो ।

सो डिष्टिलरीले लिसिरोलर हाइड्रोजन परअक्साइड मिसाएर बनाइउको ह्यान्ड स्यानिटाइजर भरिएका ति बाटल गल्तीवश जिन भनेर बेचिएको स्पष्ट पारेको छ । सिल नभएको र र्‍यपर पन गतिलो नभएकाले ति बोटल सजिलै चिन्न सकिएको बताइएको छ ।

डिष्टिलरीले भुलले पनि स्यानिटाइजर पिउँदा टाउको दुख्ने , वान्ता हुने , रिँगटा लाग्ने , पखाला लाग्ने तथा बेस्सरी प्यास लाग्ने सुचना जारी गरेपछि ति बोटल फिर्ता ल्याउन सजिलो भएको थियो ।