एउटा घरको मूल्य एक डलर

0
Shares

मिलान,(एजेन्सी) ।

आफ्लाई ‘ कोभिड १९ रहित ’ घोषणा गर्ने एटालीको एउटा गाउँले त्यहाँका घरहरु नयाँ वासिन्दालाई केवल एक अमेरिकी डलरमा बिक्री गर्ने प्रयास गरिरहेको छ । तर नयाँ घर मालिकहरुले ति घरहरुको राम्री मर्मत भने गर्नैपर्ने भएको छ । क्यालावारियाको दक्षिणी क्षेत्रमा रहेको सिन्क्युफ्रेन्डी गाउँमा कुनै पनि कोरोना भाइरस संक्रमणको घटना देखएिको थिएन ।

त्यहाँका मेयर मिचेले कोनियाले ‘ अपरेसन ब्युटि ’ नामक कार्यक्रम अनुसार अरुले त्यसै छोडेका जिर्ण घरहरु राम्ररी निर्माण गर्ने शतमा नयाँ व्यक्तिहरुलाई प्रति घर एक डलरमा बिक्रि गरिन लागेको पुष्टि गरेका छन् । कोनियाले सिएनएनलाई बताएका छन् , ‘ मेरा अभिभभावकले जर्मनमिा बसाइं सरे । म त्यहि हुर्कें । दशकौंबिच थुप्रै व्यक्तिले यस घर त्यसै छाडेर अन्यत्र गएका छन् । अब म आफ्नो जन्मथलोको संरक्षणमा यो कार्यक्रमका साथ जुटिरहेको छुं । ’

तर घर खरिदकर्ताले निर्माण सम्पन्न नहुन्जेल प्रतिवर्ष बिमा वापत करिव २ सय ८० डलर तिर्नुपर्ने हुन्छ । तर यदि तीन वर्ष भित्र घर मर्मत नगरेको खण्डमा तिनीहरुलाई जही २२ हजार ४ सय ७० डलर जरिवाना लाग्ने छ ।